fewa IUE4DoBecY

फेवातालमा डुंगा दुर्घटना, एक युवतीको सकुशल उद्दार

पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेकी एक जना महिलाको उद्धार भएको छ। बिहीबार दिउँसो अचानक हावाहुरी आएपछि फेवातालमा ‘कायक बोट’ पल्टिएको थियो। उक्त दुर्घटनामा परेकी एक जना महिलाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। काठमाडौं महानगरपालिका-१७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी हुन्। उनलाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरी […]

Continue Reading
image

शुक्रबार किन हुन्छ कण्डम बिक्रि धेरै ?

शुक्रबार किन हुन्छ कण्डम बिक्रि धेरै ? काठमाडौं । धेरै जसो मानिसहरू शुक्रबार लाई गुड फ्राइडेको रुपमा मान्छन्। शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ । काठमाडौंका ठुला मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि […]

Continue Reading
id manaudai 1712797634

आज ईद उल फित्र, सार्वजनिक बिदा

२९ चैत, काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व […]

Continue Reading
traffice2024 04 06 09 19 43 ezgif.com gif to jpg converter

बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे ड्युटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर […]

Continue Reading
Hatya 78

प्रेमीसँग रंगेहात भेटिएपछि देवनारायणले श्रीमतीलाई छप्काए, १० वर्षका छोराले रमिता हेरिरहे

दमक । झापाको वाह्रदशी गाउँपालिका–१ मा बिहीवार विहानै अकल्पनीय घटना भयो । ३३ वर्षीय देवनारायण राजवंशीले पत्नि ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरे। हत्या पनि एकदमै विभत्स थियो । भाँडा माझ्न ट्युवेलमा रहेकी ममसरीलाई देवनारायणले खुकुरीले एकै पटक गर्धनमा प्रहार गरे। ममसरीले रोक्ने प्रयास गरिन। उनको हातका औला काटिएका आधारमा उनले बाँच्न भरपुर प्रयास गरेको […]

Continue Reading
IMG 2458

बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी हालिन , रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए । नेपाल आइडल सिजन-२ का विजेता […]

Continue Reading
Acc taxi trishuli

पशुपतिमा ठूलाेबुबाकाे दाहसंस्कार गरेर गाेरखा फर्कने क्रममा दुर्घटना ५ जनाको मृत्यु , मृत्यु भएका ५ जनाको परिचय खुल्यो

आज बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्। मृतकमा गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया छन्। उनीहरूको उमेर भने प्रहरीले खुलाइसकेको छैन। मृतकमा एक बालिका, दुई महिला र दुई […]

Continue Reading
IMG 2369

धादिङ अस्पतलामा कार्यरत डाक्टर प्रतिभा मृत फेला…

डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत बिहीबार भेटिएकी हुन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी […]

Continue Reading
susant basyal e1711178116649

कमेडियन सुशान्त बश्याल भेन्टिलेटरमा, विशाल भण्डारी हिरासतमा, कारबाही गर्न परिवारको माग

काठमाडौं । शुक्रबार बिहान सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको अवस्था गम्भीर छ । मध्यपुर ठिमी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । स्रोतका अनुसार बस्यालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको छ । अहिले उनी अचेत नै छन् ।बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धी […]

Continue Reading
Dhankuta Death

दैवको नियती: अस्पतालबाट फर्किँदै गरेकी उषाले धकेलेर श्रीमानलाई बचाइन् तर आफू बितिन्

धनकुटा । धनकुटामा रुख भाँचिएर लाग्दा एक जना महिलाको मृत्यु भएको छ । करिब दिनको ४ः५० बजे धनकुटा नगरपालिका वडा नंं ४ को सल्लेरी स्थित कोशी लोकमार्गमा धनकुटाबाट हिले तर्फ जादै गरेको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडी सवार धनकुटा नपा–१ बस्ने आशिष तामाङकी श्रीमती ३० बर्षिय उषा तामाङलाई सोही स्थानमा सडकको छेउमा रहेको […]

Continue Reading