pramila

गुडिरहेको बसमा बझाङकी प्रमिलाले जन्माईन् छोरा

समाचार

डडेल्धुरा : बझाङको मस्टा गाउँपालिका २ कि प्रमिला कठायतले गुडिरहेको बसमा बच्चालाई जन्म दिएकी छन्। धनगढी चौराहबाट बेङ्लोरसम्मका लागि छुटेको –पिवाई ०५ ए २७० नंम्बरको जय लक्ष्मी सेती लुम्बिनी टुरएण्ड ट्रावल्स प्रालिको बसमा भारतको तेलङ्गना हैद्राबादमा बिहान करिब ७ बजेर ३५ मिनेटमा कठायतले छोरा जन्माएकी हुन् ।

गुडिरहेको बसमा यात्रा गरिरहेकी उनलाई एक्कासी व्यथा लागेपछि बसका चालक, सहचालकले सहयोग गरेको र सुरक्षितसाथ सुत्केरी गराएको ट्रावल्स प्रालिका सञ्चालक जनेश्वर जोसिले बताए ।

यात्राका क्रममा बच्चा जन्मिएपछि आमा र बच्चालाई अस्पताल लैजानका लागि सम्पुर्ण ब्यबस्था गरिदिएको सञ्चालक जोसिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *