348480974 929731021615663 5851981205332116564 n

चन्द्रागिरिमा प्रहरी हवल्दारकी श्रीमतीले गरिन् आगो लगाएर आत्महत्या

समाचार

काठमाडौंमा एक महिलाले आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका(९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको प्रहरी बिट थानकोटले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले शुक्रवार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

उनी मच्छेगाउँस्थित प्रहरी प्रभागमा कार्यरत एक प्रहरी हवल्दारकी श्रीमती हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *