IMG 20230519 074751 850x560 1 1 768x506 1

डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको रहस्य खुल्यो

समाचार

धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार मृतक शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए। सोही आधारमा प्रहरीले उनीहरूविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर सन्दीप भट्टराई र धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

परिवारले घटनाको सत्यतथ्य बुझिदिन प्रहरीसमक्ष माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *