0481 1024x548 1

भिड थेग्नै नसक्ने भएपछि भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीले गरायो बन्द

समाचार

भिड थेग्नै नसक्ने भएपछि भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीले गरायो बन्दकेही समय देखि सामाजिक सञ्जालमा भाइरल रहेको ‘सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-७ मा रहेको कार्यालय आजबाट बन्द गरिएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताए । ‘असाध्यै भिड भएकाले हामीले शान्ति-सुरक्षाका कारण तत्कालका लागि बन्द गर्न निर्देशन दिएका हौँ,’ डीएसपी कुँवरले भने ।

सामाजिक सञ्जालमा सिमान्त गुरु नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा आफ्नो कार्यालय सारेका थिए । त्यसअघि उनको कार्यालय कोटेश्वरमा रहेको थियो । केसीले ठाउँ सानो भएकाले तारकेश्वर सरेको तर, यहाँ पनि समस्या आएको बताए । केसीले ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर काम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *