आइतबार ०९ बैशाख २०८१

tears mohammed baqer

एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिस`हरूको स्वास्थ्यवस्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो ।

यसले गर्दा एकदिन उसले एउटा कठो|र घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढी`हरूलाई तुरुन्तै मारि`दिनू भन्ने व्यहोराको आ`देश दियो । वास्त`वमा त्यो बर्बरिक काल थियो र बूढा-बूढीहरूलाई म र्नकोलागि एक्लै छाड्नु सामान्यनै थियो ।

गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठो`र हुकुम सुनेर उसको मन वेदनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दैनथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृ त्यु दिनको लागि तयारी गर्यो ।

सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्न`सहित आफ्नी असहाय आमालाई बुइमा बोक्यो र पहाडको चुचुरो`तर्फको दर्द`नाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटाहरूले गर्दा धेरै ठाउँमा ऊ अल्मलिन पुग्यो पुग्यो र कति`पय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन ।

जुन-सुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धा`धुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखरमा नाङ्गो भाग थियो जहाँ छोरा-छोरीले आफ्ना आमा-बाबुलाई लगेर एक्लै छाडि`दिन्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो ।


Last Updated on: May 19th, 2023 at 11:54 am
२ पटक हेरिएको

तपाईको प्रतिक्रिया