आइतबार ०९ बैशाख २०८१

yarsa

बझाङ– बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा र्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहरा रहेका छन् । बोहराको आइतवार साँझ चिसोले कठ्यांग्रिएर बिरामी परेपछि घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुला र बझाङका अधिकांश मानिसहरु अहिले यार्सागुम्बा टिप्न लेकतिर गएका छन्। उनीहरुको लागि यार्सागुम्बा नै आयआर्जनको स्रोत हो ।
अन्य समाचार- तनहुँमा भिरबाट लडेर कृष्णकुमारको मृत्यु, तनहुँ-जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु हुनुभएका उहाँ आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किनुभएको परिवारले जनाएका छन् ।
भिरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकको टोली र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिगएको संयुक्त टोलीले शवलाई भिरबाट बाहिर निकालेको थियोे ।

स्थानीयवासीको सहयोगमा साढे तीन घण्टाको प्रयासपश्चात् मृतक थापाको शवलाई सुरक्षित साथ भिरदेखि करिब दुई सय मिटर तल समथर भूभागबाट निकालिएको प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्काका साथै प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।


Last Updated on: May 3rd, 2023 at 11:38 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया