pathivara Rasifal 1

आज चैत्र १५ गते बिहिबार: ३ राशिलाई हुनेछ चौगुणा लाभ, वृष र तुला राशिको हुनेछ खर्चैखर्च

राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ, रुपैँया पैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य बादविवाद पनि होला । झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहिले सम्मान गर्नेछन्, केहिले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । प्रशस्त पैसाको कारोबार होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ । केहि नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ, सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । सुख शान्ती पाइने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जाँगरमा सुधार आउने छ । साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको पनि लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन्, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । सुख शान्ती पाइने छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केहि चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । सुख शान्ती पाइने छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला । सोचेको काम पुरा नहुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *