429662521 708778661414622 3282870111707385274 n 1709535586

मिडफिल्डर प्रिति राईको घुँडाको शल्यक्रिया, तीन महिना मैदान बाहिर

समाचार

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर प्रिति राईको घुँडाको शल्यक्रिया गरिएको छ। उनको बी एन्ड बी अस्पतालमा सोमबार शल्यक्रिया गरिएको हो।

नेपाली टिमका अनुसार उनको मेनिस्कस टियर भएको हो। यो शल्यक्रिया गरेर फिजियो र रिह्याव गरेपछि तीन महिनापछि मैदान फर्कन सकिन्छ।

430818219 10160083925824010 3802772215118061542 n 1709535392

१९ वर्षीय प्रिति गत बिहीबार वाफ वुमन्स च्याम्पियनसिपअन्तर्गत जोर्डनविरूद्धको फाइनलमा घाइते भएकी थिइन्। दोस्रो हाफमा घाइते भएकी उनले पूरा खेल खेल्न सकेकी थिइनन्। फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा पराजित हुँदा उपाधि जित्न भने असफल भएको थियो।

त्यसअघि उनले सेमिफाइनलमा लेवनानविरुद्ध निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी थिइन्।

भारतको महिला लिग टिम किकस्टार्टमा आबद्ध प्रिति घाइते भएपछि भारत नगइ नेपाल आएकी थिइन्। ह्विलचियरमा नेपाल फर्किएकी प्रिति त्रिभुवन विमानस्थलमा भावुक बनेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *