raktadataa 17074669141707712230

आत्मदाह गरेको अवस्थामा भेटिए २०६ पटक रक्तदान गरेका अर्जुन मैनाली

समाचार

सामाजिक सन्जालमा अग्निदाह गर्न लागेको स्टाटस लेखेर सम्पर्क बिहिन भएका रक्तदाता अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्।

बिहान देखि सम्पर्क बिहिन मैनालीको शव अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा जलेको अवस्थामा फेला परेको छ ।

उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए। उनी चढेको कार पनि जलेको छ। कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको अमेरिका निवासी पुरुषाेत्तम ढकालले बताए। परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ।

मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको सार्वजनिक भएपछि प्रहरीले खोजि सुरु गरेकाे डेढ घण्टापछि शव फेला परेको जानकारी आयो,’ उनले भने ।

काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७/०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन्। उनले २०६ पटक रक्तदान गरेका थिए उनको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् ।

आफ्नो स्टाटसमा मैनालीले ‘अग्नीको बाटोबाट परलोक जान लागेको’ लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *