school bus

पोखरामा आफ्नै स्कूल बसको ठक्करबाट नर्सरीमा पढ्ने बालकको ज्यान गयो

समाचार

पोखरामा स्कुल बसको ठक्करबाट नर्सरीमा पढ्ने ३ वर्षीय बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट काउलेका तेजबहादुर कार्कीको छोरा समिर कार्की रहेका छन् ।

शुक्रबार दिउँसो पौने ३ बजेतिर बसबाट झरेर घर जाने क्रममा सोही बसले बालकलाई ठक्कर दिएको थियो ।

पोखरा महानगरपालिका–२४ कास्कीकोट काउले स्थित ग १ क ४०८२ नम्बरको बालप्रतिभा बोर्डिङ स्कुलको बसले सोही विद्यालयको नर्सरीमा अध्ययनरत विद्यार्थी समिर कार्कीलाई ठक्कर दिँदा गम्भिर घाइते भएका थिए ।

बसको ठक्करबाट गम्भिर घाइते भएका बालकको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनापछि प्रहरीले स्कुल बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *