nitaaa 1705566306

भक्तपुरमा मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाई

समाचार

सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो। गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *