IMG 1241

छोरा बुहारी भेट्न जापान गएका त्रिवेणी २ का विष्ट दम्पतीको कारको ठक्करबाट निधन

समाचार

जापानमा कारको ठक्करबाट रुकुम पश्चिमका एक दम्पतीको मृत्यु भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ विमैचाका पदम विष्ट र उहाँकी श्रीमती लालसरी विष्टको शनिवार साँझ जापानको उरासो सहरको जियोवान सिटीमा जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला कारले ठक्कर दिँदा मृत्यु भएको हो । कारको ठक्करबाट अचेत अवस्थामा रहेका दुवै जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो ।
तर अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको मृतकका भतिजा कुशल कठायतले जानकारी दिनुभयो । कार चालक ८० वर्षीय एक वृद्धालाई जापान स्थित उरासो प्रहरीले पक्राउ गरेको बताइएको छ । विष्ट दम्पती जापानमा बस्दै आएका छोरा बुहारीलाई भेट्न गत कात्तिकमा ३ महिनाको टुरिस्ट भिसामा जापान पुग्नुभएको थियो । विष्ट दम्पतीका छोरा बुहारी विगत केही वर्षदेखि जापानको ओकिनावा सहरमा बस्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *