आइतबार ०९ बैशाख २०८१

Screenshot 2023 12 26 183312

काठमाडौं । नेपालका लाखौँ उर्जाशील युवालाई एउटा अदृश्य सकंटले घेर्दै छ, त्यो हो बेरोजगार । जीवनमा के के गरौँला भन्ने आकांक्षा, उर्लँदो सिर्जनशीलता र दृढ सकंल्पले ओतप्रोत नेपाली युवाहरू रोजगारीको खोजीमा अनेक कठिनाइको सामना गरिराखेका छन् ।

नेपाल छाडेर जान लागेका युवायुवतीहरु देशभित्रै रोजगारी उपलब्ध नभएकाले वाध्य भएर चर्को गर्मीमा काम गर्न विदेश जानु परिरहेको बताउँछन् । यसैबीच एक युवाले ‘मेरो किड्नी विक्रीमा छ, कसरी बेच्न सकिन्छ ?’ भन्दै गुनासो गरेका छन् । उनी भन्छन्- ‘म धेरै समयदेखि बेरोजगार भए म आफ्नो किड्नी बेचेर विदेश जान चाहन्छु’ । उनले आफ्नो पीडा पोखेका हुन् ।

देशमा रोजगारीको अवसर नपाएकाले बाध्यतावस परिवारको गुजारा चलाउन श्रम गर्न विदेश जान खोजेपनि मेनपावरहरुलाई शुल्क वापत महगो शुल्क बुझाउनु पर्ने भएपछि किड्नी विक्रीमा राखेको ती युवाले बताए । न देशमा रोजगारी पाएको र विदेश पनि जान नसकेकोले परिवारको गुजारा अब कसरी चलाउने भन्ने चिन्ताले सताएपछि किड्नी बेच्ने निर्णयमा आफू पुगेको ती युवाले आफ्नो दुखेसो पोखेका छन् ।


Last Updated on: December 26th, 2023 at 6:34 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया