IMG 1090

केपी ओलीलाई एक जनाले हाने मुक्का

समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक जनाले मुक्का हानेका छन् । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका ओलीमाथि धनकुटाकाे महालक्ष्मी नगरपालिका-५,लेगुवामा मुक्का प्रहार भएकाे हाे ।

भोजपुरबाट धनकुटा प्रवेश गर्नासाथ ओलीलाई लेगुवाका महेश राईले मुक्का हानेका हुन् । स्थानीयबासी ओलीको स्वागतका लागि लाइनमा बसिरहेका थिए । साेहि क्रममा बीचतिर रहेका राईले अघि बढेर ओली नजिकै पुगेर मुक्का प्रहार गरेका थिए ।

राईलाई हाल सुरक्षाकर्मीले नियन्त्रणमा लिएकाे छ। हालसम्म उनले मुक्का हान्नुकाे कारण भने खुलिसकेकाे छैन । तर उनले मादक पदार्थ सेवन गरेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *