आइतबार ०९ बैशाख २०८१

lamajung bhoj

लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको ज्यान गएको छ भने अन्य २९ जना बिरामी परेका छन् । सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको अवसरमा आयोजित सामूहिक भोज खाएका एक जनाको ज्यान गएको हो।

उक्त सामूहिक भोज खाएकी बेँसीसहर नगरपालिका–४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए। भोज खाए पछि टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आइतबार बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्याइएकोमा अस्पतालले परियारलाई मृत घोषणा गरेको बताइएको छ ।

अस्पताल प्रशासनका अनुसार मृत्तक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन् ।

भोजमा सहभागी सुन्दरबजार ८ र ९ का व्यक्तिहरु शनिबार देखी नै विरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समेत समस्या देखिएपछि उनीहरु अस्पताल पुगेका हुन् । भोजमा सहभागी व्यक्तिहरु अस्पताल आउने क्रम बढ्दै गएको अस्पतालले जनाएको छ । हालसम्म अस्पताल भर्ना हुनेमा १५ महिला, ४ पुरुष, ८ बालक र ३ बालिका छन् ।

अस्पताल आएका विरामीहरुमा ज्वरो र झाडापखला लगाएतको समस्या देखिएको छ । भोजमा सहभागीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको सहभागीहरुले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । अस्पतालमा बिरामी आउने क्रम जारी रहेको पनि अस्पताल प्रसाशनले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।


Last Updated on: December 11th, 2023 at 7:59 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया