आइतबार ०९ बैशाख २०८१

pathivara111

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । व्यापार व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ । गरेका कामको प्रशंसा हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नजिकका साथीभाइ टाढिन सक्छन् । आँटेका काम बिस्तारै भएपनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भएपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ । आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् । काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । सुख दुःखमा साथ दिनेहरू भने भेटिनेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनु होला । मौसमी रुघाखोकी, टाउको तथा आँखा सम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनु होला । स्वास्थ्य कमजोर रहेपनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौती समेत देखा पर्नेछन् । कोशिस गर्दा केही अवसर मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यवसायिक काममा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यवसायिक यात्रा सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यवसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । आयआर्जन भएपनि चोट पटक लाग्न सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने समय छ । पठन पाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा समेत केही चुनौती देखा पर्नेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।


Last Updated on: December 8th, 2023 at 8:34 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया