आइतबार ०९ बैशाख २०८१

thumb

जाजरकोट — अत्यधिक चिसोका कारण जाजरकोटको नलगाड नगरपालिका-४, पिपलचौरमा त्रिपालमुनि बस्दै आएकी युवतीको मृत्यु भएको छ।

त्रिपालमुनि बस्दै आएकी युवतीको मृत्यु
वडाध्यक्ष बद्री पन्तका अनुसार नलगाड नगरपालिका-४ मा मुटु तथा बाथरोगपीडित २८ वर्षीय धनकुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको हो । धनकुमारी बारेकोट गाउँपालिका-८ लैखम नजिकै अँधेरीखोलामा माइतीघरमा श्रीमान् विष्णु खत्रीसँगै कुखुरापालन व्यवसाय गर्दै आएकी थिइन् ।

खत्री दम्पतीको नलगाड-४ स्थित पिपलचौरमा रहेको घर भत्किएपछि दारकाठ तह लगाउन गत कात्तिक २५ गते नै पिपलचौर आएका थिए । भत्केको घरनजिकै कैनाखोला किनारमा धनकुमारीका दम्पती ८ र ४ वर्षीय छोराहरुसहित त्रिपालमा बस्दै आएका थिए । ‘हामीले एउटा त्रिपाल र कम्बल, केही अन्नपानी राहत दिएका थियौं,’ वडाध्यक्ष पन्तले भने ।

धनकुमारीको मृत्युसँगै भूकम्पपछि चिसोका कारण नलगाडमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्लाभर भने १३ जनाको मृत्यु भइसकेको छ । भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको नलगाडमा पनि दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले बताए । ‘बिरामीको चाप अत्यधिक बढेपछि बिहानदेखि रातिसम्म उपचार गर्नुपरेको छ,’ उनले भने, ‘औषधिको मौज्दात पनि सकिँदै गएको छ, पर्याप्त उपकरण र बेड अभावमा उपचारमा समस्या भइरहेको छ ।’


Last Updated on: November 22nd, 2023 at 2:09 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया