durga parsai

दुर्गा प्रसाईद्वारा दुबईको केटी काण्ड स्वीकार (अडियोसहित)

समाचार

काठमाडौँ, ३ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईको दुबईमा एक महिलासँग भएको अनैतिक काण्ड स्वीकार गरेका छन् ।

गणतान्त्रीक व्यवस्थामाथि नै गम्भीर धावा वोल्दै हिडिरहेका प्रसाईले आफ्नो अनैतिक कार्यहरुलाई लुकाउन अरुलाई दोषारोपण गर्ने गरको तथ्यहरु एक पछि अर्को गर्दै खुल्दै जान थालेका छन् । नेपालीको शव ल्याउन स्थानीय व्यवसायीले तिरेको रकम प्रसाईँले हालसम्म भुक्तानी नगरेको पाइएको छ । रकम भुक्तानी नगरेपछि नाम उल्लेख नगर्ने सर्तमा ती व्यवसायीले प्रसाईँ दुबई बस्दा महिलाहरूसँग भएको सम्बन्धको भिडियो सार्वजनिक गर्ने चेतावनी दिएपछि प्रसाईँ अत्तालिएका छन् । सो विषयमा ती व्यवसायीसँग भएको फोनको अडियो प्राप्त भएको छ । उक्त व्यापारीले प्रसाईको थप प्रमाणहरु समेत उपलब्ध गराउने बताएका छन् । अनेक बहानामा पैसा रोकिएको भन्दै दुई व्यवसायीको बिचमा भएको संवाद पनि सार्वजनिक भएको छ ।

अडियो

व्यवसायी दुर्गा प्रसाईले दुवईबाट एक नेपालीको लास नेपाल ल्याउन सहयोग गर्ने व्यापारीलाई नै दुई करोड ठगी गरेको तथ्य सार्वजनिक भएको छ । प्रसाईले सहयोग गर्ने व्यापारीले सापटी चार करोड दिएको तर उनले हालसम्म फिर्ता दिएका छैन् । उनले आफ्नो व्यक्तिगत खर्चमा ल्याएको भनि प्रचार गरेता पनि उक्त कुरा झुटो भएको तथ्य सार्वजनिक भएको छ । उक्त व्यापारीलाई डेढ करोड र ५० लाखको नक्कली चेक दिएर केटी काण्ड मिलाउन अनुनय विनय गरेको अडियो सार्वजनिक भएको छ ।

तपाईको बिचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *