kalo jhanda

राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

समाचार

वीरगञ्ज, ३ मंसिर– राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन् ।

पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको झण्डा झिकेर च्यात्ने प्रयास गरेकाले उनीहरुलाई पक्राउ गरिएका पर्सा प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

शाहका अनुसार झण्डा च्यात्ने समूहलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले गत बिहीबार राति पक्राउ गरेको हो । गत साता राखिएको राष्ट्रिय झण्डा झिकिएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–१ का अङ्कित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१ का गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी छन् । एसपी शाहका अनुसार पक्राउ परेकाहरुमाथि अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *