couple is caught having sex in the toilet on an easyjet flight video viral

आकाशमा उडिरहेको विमान भित्र यात्रुको यौन सम्पर्कको भिडियो सार्वजनिक !

समाचार

काठमाडौं । केही दिनयता विमान भित्र अनेकौं भिडियोहरु सार्वजनिक भइरहेका छन् । कहिले उडानका कर्मचारी र यात्रुबीच दुर्व्यवहार गरेको भिडियो सार्वजनिक हुन्छन् ।

त कहिले यात्रुका सोच्नै नसक्ने हर्कतहरु । भर्खरै विमानबाट एउटा चकित पार्ने भिडियो सार्वजनिक भएको छ । इजीजेटको फ्लाइटमा सवार एक दम्पती विमानको शौचालयमा यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका छन् । ट्वाइलेटमा सेक्स गरेको यो जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बेलायतको लुटनबाट इबिजा जाँदै गरेको इजीजेटको उडानमा एक जोडी शौचालयमा यौनसम्पर्क गरिरहेको भिडियो क्यामेरामा कैद भएको छ । सोसल मिडिया अकाउन्ट एक्समा भाइरल भएको यो अचम्मको भिडियो सेप्टेम्बर ८ मा भएको बताइएको छ । भिडियोमा विमान परिचारकले शौचालयको ढोका खोल्ने बित्तिकै यौनसम्पर्क गरिरहेको अवस्थामा भेटिएको थियो । विमानमा रहेका सबै यात्रुहरूले पनि दम्पतीलाई शौचालयमा आपत्तिजनक अवस्थामा देखे।

इजीजेटको उडान लुटनबाट इबिजा जाँदै गर्दा यो सबै भएको बताइएको छ । त्यसपछि यो भिडियो सामाजिक सञ्जालमा तिब्र गतिमा भाइरल भइरहेको छ । एक कर्मचारी सदस्यले शौचालयको ढोका खोल्ने बित्तिकै, दम्पतीको त्यो हर्कत अन्य यात्रुहरूलाई थाहा भयो।

दम्पतीलाई आपत्तिजनक अवस्थामा देखेपछि विमानका यात्रुले कराउन थाले । कर्मचारीले भने उनीहरूको आपत्तिजनक अवस्था देखेर हाँसे र तुरुन्तै ढोका बन्द गरे। लामो समयसम्म ढोका नखुलेपछि अरु यात्रुको गुनासोका कारण विमान कर्मचारी शौचालयको ढोका खोल्न पुगेका थिए । तर त्यही बेला कसैको क्यामेरामा त्यो सबै कैद भइहाल्यो ।

भिडियोमा विमानमा सवार यात्रुहरुले जोडीलाई हर्कतकाबीचपनि उल्टो चर्चामा आएपछि खुशी भएको देखिन्छ । त्यसबेला केबिन क्रु र केही यात्रुले ताली पनि बजाएका सुन्न र देख्न सकिन्छ । भिडियोमा एक महिला यात्रु पनि ‘ओह माई गड’ भन्दै कराउँदै गरेको आवाज सुनिन्छ । भिडियोमा एउटी महिलाले अर्को यात्रुलाई घटना क्यामेरामा कैद भएको छ भनी सोधेको पनि सुनिन सकिन्छ । इबिजामा अवतरण गरेपछि प्रहरीले दम्पतीलाई विमानबाट बाहिर निकालेको थियो।

इजीजेटले पनि आफ्नो विमानमा भएको घटनाबारे प्रहरीलाई जानकारी दिएको थियो । सेप्टेम्बर ८ मा लुटनबाट इबिजाको उडानका क्रममा दुई यात्रुको व्यवहारका कारण प्रहरी बोलाइएको हामी पुष्टि गर्न सक्छौँ,’ इजीजेट एयरलाइन्सका प्रवक्ताले भनेका छन् । यता, यस घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । विमानमा यौनसम्बन्ध राख्ने बेलायतको कुनै कानून छैन । यौन अपराध ऐन २००४ को धारा ७१ ले श्रीमान श्रीमती नै भएपनि जानीजानी सार्वजनिक शौचालयमा यौनसम्पर्क राख्नुु अपराध मानेको छ। अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *