Untitled 1 34

आफ्नो मृत्यु हुनु भन्दा २० घण्टा अगाडी मोडल तथा नायिका दिपाशा बिसीले राखेकी थिईन यस्तो स्टोरी-

समाचार

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।

मोडल विसीले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

दीपाशाको २८ बर्षको उमेरमा निधन भएको हो । उनको जन्म वि.सं २०५२ सालमा सुर्खेतमा भएको थियो । तर, उनले लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ पेशामा काम गरिरहेकी थिइन् ।

यस्तै, उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् । कलिलै उमेर मा निधन भएकी दिपशाले २० घण्टा अगाडी फेसबुक मा स्टोरी समेत शेयर गरेकी थिईन ।उनले स्टोरी मा एक भोटो शेयर गर्दै राखेको स्तोर्य्को अडियो मा भनिएको छ – न कसै सँग गुनासो न कसै सँग आस । यो एक्लो पन मेरो हो र मा यसै मा रमाउन थालेकी छु । पहिला सबैको प्यारो हुन् मन लाग्थ्यो तर आज भोलि मान्छे हरु बाट आफै टाढिदै गएकी छु ।
https://www.facebook.com/reel/738652198281384

Leave a Reply

Your email address will not be published. Required fields are marked *