आइतबार ०९ बैशाख २०८१

370206020 2292298920968443 755114243755147461 n e1699086528213

सुर्खेत । सरकारी जागिरे भएर भविष्य उज्ज्वल देखेकी एलिनाको सपना अधुरै रहेको छ ।

जाजरकोटको नापी कार्यालयमा पोष्टिङ्ग भएको एक वर्ष नपुग्दै अमिन पदमा कार्यरत २५ वर्षीया एलिना भण्डारीको शुक्रवार भूकम्पमा मृत्यु भयो ।भण्डारी दैलेखको दुल्लु नगरपालिका वडा-६ निवासी हुन् । उनीसँगै उनका भाइ प्रज्वलको पनि भूकम्पमा परी ज्यान गएको छ ।

उनीहरू नापी कार्यालयको क्वाटरमा बस्दै आएका थिए ।कार्यालय नै भूकम्पले भत्काउँदा उनीसँगै उनका भाइको मृत्यु भएको हो ।

भाइलाई पनि आफूसँगै राखेर जाजरकोटको विद्यालयमा पढ्ने गर्थे । दैलेखको घरमा विद्यालय नजिक नहुँदा र पढाइ राम्रो नुहुँदा भाइलाई आफूसँगै राखेको पढाउने गरेको थिइन् ।

भण्डारी सानैदेखि मामा घरमा बसेर पढेकी हुन् । २०५७ सालमा कालो ज्वरोका बुवाको कारण निधन भयो । एलिनामा २ वर्षको हुँदा बुवाको निधन भएको हो ।

उनीको आमाले दोस्रो विवाह गरेपछि उनी मामाघरमा बस्दै आएको उनका आफन्तको भनाइ छ ।

उनलाई सानैदेखि मामा घरमा बसेर पढाइ गरेकी हुन् । उनको पढाइ खर्च मामाघर र उनका अंकलले गरेको आफन्तको भनाइ छ ।


Last Updated on: November 4th, 2023 at 8:51 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया