आइतबार ०९ बैशाख २०८१

Bipin captured by Hamas

असोज, काठमाडौं । शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ । थप २०० ले नेपाल फर्किन निवेदन दिएका छन् । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।

घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैरहेको छ छ । उनीहरूमध्य पनि थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ । सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।

विपिनलाई हमासले बन्धक बनाएको उनका साथीहरूले बताएका छन् । उनको खोजीका लागि प्रहरी र अस्पतालका साथै सम्भावित सबै माध्यमको सदुपयोग गरिएको दूतावासले जनाएको छ । उनै विपिन जसले हमासले उनीहरुमाथी फ्याकेको रकेट हातले बाहिर फ्याकेका थिए । त्यसले धेरै नेपालीको ज्यान बच्यो । तर विपिनलाई हमासले कब्जामा लिएको उनीसँग रहेका साथीहरुले बताएका छन् ।


Last Updated on: October 13th, 2023 at 8:06 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया