mother of dig bdr limbu 1697176370

खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक

समाचार

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ।

लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो।

उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *