sabitra bhandari

इजरायलबाट नेपाल आइपुगिन् फुटबलर सावित्रा

समाचार

२५ असोज, काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रि महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् ।

सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् । एसियाली राष्ट्र भएपनि युरोपेली फुटबल महासंघमा आबद्ध भएकोले सावित्रा युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् । हमासको आक्रमणमा १० नेपालीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *