bhirbat ladera

आफैले बोकेको झोलाको पासो लागेर एक जनाको मृत्यु !

समाचार

ओखलढुंगा । आफैले बोकेको झोलाको पासो लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको लिखु गाउँपालिका ६ रातेडाँडाका ६४ बर्षिय कुलबहादुर सुरालि मगरको मृत्यु भएको हो ।

निज मगर आईतबार भन्डै ५ बजे सोहि स्थानको मिलनचोकबाट आलुसहितको झोला पछाडि पिठ्युमा बोकी घर तर्फ गएका थिए । राति अबेरसम्म पनि घर नपुगेपछि आफन्तहरुले खोजतलास सुरु गरेका थिए ।

सोही क्रममा आज (सोमबार) बिहान झन्डै ६ः३० बजे निजको घर बाट ५०० मिटर पश्चिम उत्तरमा गोरेटो बाटोबाट लडी करिब १ मिटर तल झर्दा चिलाउनेको रुखमा उक्त झोला अल्झिएर निजको घाँटीमा पासो लागी मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

स्थानीय जनप्रतिनिधीबाट घटनाको जानकारी आएपछि नजिकैको प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *