आइतबार ०९ बैशाख २०८१

Ronb

काठमाडौँ । यसअघि अनपब्लिस भएको फेसबुक पेज रुटिन अफ नेपाल बन्द (आरओएनबि) पुन: सुचारु हुने भएको छ । रुटिन अफ नेपाल बन्दमा कार्यरत एक कर्मचारीका अनुसार केहि समयपछि सो पेज पुन: सुचारु गर्ने योजनामा पेज सञ्चालक छन् ।

‘अहिले टिकटकमा कन्टेन्टहरु प्रशारण गरिरहेका छौँ । बाहिर हल्ला चलेजस्तो रुटिन अफ नेपाल बन्द बन्दै हुन लागेको होइन ।’ आरओएनबिमा कार्यरत ती कर्मचारीले अर्थ सरोकारसँग भने-‘केहि समय पेज अनपब्लिस भए पनि पुन: पेजलाई सूचारु गराउने योजनामा कम्पनी छ ।’

आरओएनबिको सक्कली पेजलाई सञ्चालक भिक्टर पौडेलले अनपब्लिस गरेपछि अहिले सोहि नामका नक्कली पेजहरु छ्यापछयाप्ती खुलिरहेका छन् । केहि समय अगाडी बालेनको पुत्रीलाभको खबरको विषयलाई लिएर आलोचना भएपछि सञ्चालक पौडेलले सो पेज नै अनपब्लिस गरेका थिए ।


Last Updated on: September 10th, 2023 at 9:19 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया