आइतबार ०९ बैशाख २०८१

namrata

काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठले अर्का अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा मुख खोलेकी छन् । उनले अनावश्यक रुपमा आफूलाई घटनामा जोडेको भन्दै आफ्नो मौनतालाई कमजोरी नठान्न आग्रह गरेकी छन् ।

ताम्राकारको आत्महत्याले आफू अचम्ममा परेको बताउँदै उनले यसबारे अहिलेसम्म केही नबोल्नुमा पारिवारिक सुझाव रहेको खुलाएकी छन् । प्रहरी अनुसन्धानमा प्रभाव पर्छ भनेर परिवारका सदस्यले नै केही नबोल्न भनेकाले आफूले बोल्न ठीक्क पारेको स्टाटस पनि पोस्ट नगरेको खुलाएकी छन् । तर अहिले केही मिडियाले आफूविरुद्ध एकोहोरो लेखेकोले सत्यतथ्य थाहा दिन पनि आफूले उक्त स्टाटस बाहिर ल्याएको उनले बताएकी छन् । आफ्नो फोन समेत परिवारले ह्यान्डल गर्ने गरेको उनले खुलाएकी छन् ।

घटनामा आफूलाई जोडेर कपोकल्पित समाचार प्रचार गराउन केही अनलाइन मिडियाहरु, केही सिनेमाकर्मी र केही पदाधिकारीहरु पूर्वाग्रही हिसाबले लागेको भन्दै उनले यी क्रियाकलापलाई उनको परिवार र कानुनी समूहले नजिकबाट नियालिरहेको समेत बताएकी छन् ।

उनले विगतमा आफूले दिएको अन्तरवार्तालाई तोडमोड गरिएको र ट्रोल बनाउने प्रयास भएको भन्दै यसपटक त्यही डरले आफु मिडियामा आउन, अन्तरवार्ता दिन नचाहेको बताएकी छन् । आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरीफाइ गर्नु उचित नहुने भन्दै उनले पीत पत्रकारिता गर्ने अनलाइन मिडियाहरूप्रति रोष व्यक्त गरेकी छन् ।

नम्रताले आफू स्वयं पनि मेन्टल हेल्थकी सर्भाभर र एडभोकेट रहेको जनाउँदै यस्तो संवेदनशील विषयलाई मिडियामा ल्याउन उचित नठानेकाले चुपचाप बसेको बताएकी छन् । आफूविरुद्ध कपोकल्पित तवरले देशै छोडेर क्यानडातिर गएको जस्ता फण्डाहरू फिँजाइएको बताउँदै प्रहरी प्रशासन लाई बयान दिन जाँदा आफ्नो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरूले नै कतै भिजिट गरेको भिसा देखिएन भनेर अचम्म मानेको समेत बताएकी छन् ।

हेर्नुस् उनकाे स्टाटस :


Last Updated on: August 28th, 2023 at 9:34 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया