आइतबार ०९ बैशाख २०८१

dharan 1

काठमाडौं । पछिल्लो परिदृष्य हेर्ने हो भने मुलुक दुई ध्रुर्वमा विभक्त छ । केही दिनअघि धरानमा गोरु काटेर भोज गरिएको भिडियो सामाजिक संजमालमा भाइरल भएपछि मुलुक दुई धुर्वमा विभाजित भएको हो । यसैको फलस्वरुप शनिबार धरान रणभूमि बन्ने करिब निश्चित थियो ।

तर स्थानीय प्रशासन, राजनीतिक दलहरु र सामाजिक अगुवाहरुको चतुर्याँले कुनै अप्रिय घटना हुन भने दिइएनन् ।

गोरु काटेर भोज खाएको भिडियो सामाजिक संजालमा भइरल बनेपछि चिढिएका हिन्दू धर्मलम्बीहरुले शनिबार धरानामा वृहत विरोध प्रदर्शन गर्ने उद्घोष नै गरेका थिए । यदी, यसले सार्थकता पाएको धरानमा गैरहिन्दूहरु पनि प्रतिकारमा उत्रन पक्कापक्की जस्तै थियो ।

र, धार्मिक युद्धको सुरुवाती धरानबाटै हुन सक्थ्यो । तर सामाजिक सद्भाव विचलन हुन नदिन स्थानीय प्रशासनले विरोध शुक्रबार नै निषेधाज्ञा जारी गरिदियो ।

जसका कारण हिन्दू प्रदर्शनकारीहरु धरान छिर्न पाएनन् । उनहीलाई मुख्य नाका इटहरीमै प्रहरीले उनीहरुलाई रोकि दियो । त्यतिमात्रै होइन झापा लगायत अन्य स्थानबाट आइरहेका हिन्दू अभियान्ताहरुलाई पनि प्रहरी प्रशासनले त्यही रोकिदियो ।

त्यसपछि उनीहरुले प्रहरीको पङ्तिलाई तोड्ने प्रयास गरे । तर, प्रहरीको सुरक्षा घेरा तोड्न सकेनन् । प्रहरी प्रशासनको त्यो कदम नै धरान रणभूमि हुनबाट बच्यो ।

यसमा स्थानीय राजनीतिक दलहरु तथा अगुवाहरुको पनि भूमिका छ । किनकी निषेधाज्ञा अघि नै उनीहरुले विवेकपूर्ण तवरले धरानलाई धार्मिक साम्प्रादायिक हिंसा हुन नदिने समझदारी गरेका थिए । सो योजना सफल पनि भयो ।

धरानमा गौहत्या वा गाइको मासु खाएकै विषयमा सामाजिक सद्भाव खलबल्याउने वातावरण छैन् । तर, बाहिरबाट आएर यसलाई खलबल्याउने काम भए यो विषय नियन्त्रण गर्न नसकिने अवस्थामा छैन ।

हिन्दू तथा गैरहिन्दू दुवै पक्षका अतिवादी सोचले भरिएकाहरु धरानलाई धार्मिक तथा जतिय युद्धको केन्द्र बनाउन उद्दत देखिन्छन् ।

हुनत यसमा यसमा अतिवादी हिन्दू र गाइको मासु खानै पर्छ भन्ने मनस्थितिकाहरु मात्रै छैनन् । यसमा केही राजनीतिक दलहरुको भुमिका पनि रहेको छ ।

केही राजनीतक दलहरुले बलेको आगोमा घिउ थप्ने काम गरिरहेको छ । यसको पुष्टि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतनत्र पार्टी रास्वपाका सभापतिले पनि गरेका छन् ।

उनले गाइगोरुकोे मासु खाएमा कानूनी कारवाही हुने भन्दै आन्दोलनकारीहरुलाई हौस्याउने खालको अभिव्यक्ति दिए ।

(भिडियो)


Last Updated on: August 28th, 2023 at 4:42 am
२ पटक हेरिएको

तपाईको प्रतिक्रिया