आइतबार ०९ बैशाख २०८१

800px Dachhinkali Temple Dachhinkali Kathmandu Nepal Rajesh Dhungana 19

काठमाडौं । दक्षिणकाली शक्तिकी देवी हुन् । उनलाई मानोकामना पुरा गर्ने देवीको रुपमा पुज्ने गरिन्छ । किम्वदन्तीअनुसार दक्षप्रजापतिको तेत्तिसकोटी कन्या मध्ये दक्षिणकाली पनि एक हुन् ।

आफूले चिताएको काम पुरा हुने अर्थात मनोकामना पूर्ण गर्ने देवीको रुपमा दक्षिणमातालाई पुज्ने गरिन्छ । उहाँको यहि शक्तिका कारण नेपाल, भारतलगाएत विभिन्न देशहरुवाट हिन्दु धर्मावलम्बीहरु यस मन्दिरमा आएर पुजाआजा तथा आरधना गर्ने गर्छन् ।

प्राय सधै हजारौं दर्शनार्थीहरुको भिड लाग्ने दक्षिणकालीमाताको मन्दिर काठमाडौंबाट २२ किलोमिटर दक्षिणमा अवस्थित रहेको छ । हरेक साता शनिबार, मंगलबार र बिहीबार विशेष भिडलाग्ने यो मन्दिरमा दैनिक नित्य पूजा तथा आरधना हुने गर्दछ ।

हरेक वर्ष महाअष्टमीको दिन कालरात्री गर्नको लागि धेरै कुटुम्बहरू माताको मन्दिरमा पुग्ने गर्दछन् । महाअष्टमीको दिन आधा रातमा कालिमातालाई भोग चढाउने परम्परा रहि आएको छ ।

यसका साथै माताको नियमति पूजाका साथै बडा दशैंको अष्टमीमा भोग दिने चलन छ । पहिला माताको मूर्ति मै बलि दिने दिने चलन थियो । पछिल्ला केही वर्षयता मन्दिर परिसरकै छुट्टै शिलामा भोग दिने चलन छ । मातालाई खुशी बनाउनका लागि भोग नदिनेले नरिवल चढाउने प्रचलन चल्दै आएको छ ।

कहाँ उत्पत्ति हुनु भएको हो माता दक्षिणकाली ?
दक्षिणकाmीमाताले आसन लिने क्रममा फर्पिङ शिखरापुर नगरको शिरोभाग अर्थात नगरचो डाँडा (शेषनारायणको शिरमा रहेको गोरखनाथ माथिको डाँडामा विराजमान भएकी हुन् । जंगलको मध्य भागमा शिलामा बिराजमान भएकी दक्षिणकालीको बारेमा कसैलाई पनि जानकारी थिएन र पुजाआजा समेत हुने गरेको थिएन ।

कसको सपनामा आएकी थिइन माता दक्षिणकाली ?
वि.सं. १८२५ तिर प्रताप मल्ललाई राति सपनामा दक्षिणकालीले आफू दक्षिणकाली भएको र फर्पिङ देखि माथि नगरचो डाँडामा शिलामा बिराजमान भएको बताइन् । सपनामा त्यति देखाएतापनि राजाले त्यति ख्याल नदिएकाले दरवारकै पञ्चकन्या मध्य एउटी कन्यालाई दक्षिणकाली प्रकट भई आफू बसेको स्थान र पुजाआजाको बारेमा बताएकी हुन् भन्ने किम्वदन्ती रहि आएको छ ।

कसले स्थापना गरेको हो दक्षिणकालीको मन्दिर
यति थाहा पाए पछि राजा प्रताप मल्लद्वारा तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा प्राचिन दक्षिणकालीको शिला भएको स्थानमा गर्ई विधि पूर्वक पूजा गरियोे । त्यसपछि भूषाकर्ण नामक दुई राक्षस उत्पन्न भई राजाको सपना अनुसार गर्न आदेश दिएको भन्ने गरिन्छ । उनको सपना अनुसार दक्षिणकाली र उनको गण सहित एक रातमा बोकी त्यहाँ देखि दक्षिण तर्फको दुई नदिको शिरोभागमा अर्थात हालको दक्षिणकाली माताको मन्दिर भएको स्थानमा उक्त शिला नै स्थापना गरियो हो ।

त्यसै क्रममा कुमारीलाई हालको कुमारी मन्दिर भएको स्थानमा स्थापना गरियो । गणेशलाई भने लैजाने क्रममा बिहानको भाले बासेपछि पौचो डाँडामा बिसाएर सोही ठाउँमा सिद्ध गराइएको किम्बदन्ति पाइन्छ । दक्षिणकालीको उक्त मन्दिर यदि माताले आशन गरेकै स्थान जंगलको बीचमा, डाँडाको टुप्पोमा गुफा भित्र राखिएकाले उक्त स्थलमा मानिसहरु जाने थिएनन् । माताको दर्शन गर्न गएका मानिसहरुमध्ये पनि पछिल्लो व्यक्ति नफर्कने भन्ने जनश्रुति रहि आएको थियो ।

त्यस पश्चात प्रताप मल्लले नै गुरु लम्वकर्ण भट्टलाई दक्षिणकालीलाई तान्त्रिक विधिद्वारा निष्तेज गर्न लगाइ हालको दक्षिणकाली माताको शिलामूनि घोप्टो पारी माथि पट्टी ठूलो शिलाले छोपी कालीको मुखाकृति बनाइ अगाडि भैरव समेत राखी स्थापना गरेका हुन् । त्यसपछि प्रताप मल्लले चामुण्डाको (दक्षिणकालीको) सेतो संहमरमरको मूर्ति बनाउन लगाएका थिए । उक्त मूर्तिमा प्राण प्रतिष्ठा पछि निकै नै शक्तिशालि हुने तान्त्रिकहरुले बताए ।

त्यसपछि राजा प्रताप मल्लले आफ्नै दरवारको चोकमा रहेको एउटा कोठामा थुनि बाहिरवाट दुईवटा ठूल्ठूला सिंहहरु स्थापना गराई राखे । राजाले पुन कालो पथ्थरको मूर्ति बनाउन लगाई पूर्णवति गंगा र उद्धारवति गंगाको दोभानमा स्थापना गराएका थिए । त्यहाँ उनले अष्ट मात्रिका सहित पुजाआजा चडाउँदै आए । त्यस पछि विस्तारै भक्तजनहरू पुजाआजा गर्न जाने क्रम बड्दै गएको हो ।

कसरी जाने दक्षिणकालीको मन्दिर ?
दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा पर्दछ । बसपार्कबाट सहजै सार्वजनिक गाडी चढेर १ देखि डेढ घण्टामा यो मन्दिर पुग्न सकिन्छ । यो कालीदेवीको मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा अवस्थित छ ।

यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् ।।मूलतः दशैंको बेला यहाँ विशेष मेला लाग्छ । दशैंंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरूले हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् ।


Last Updated on: August 28th, 2023 at 1:04 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया