आइतबार ०९ बैशाख २०८१

sabkes 1024x488 1

भारतमा सर्पको टोकाइबाट बैतडीका एक जनाको मृत्यु भएको छ । बेतडीको सिगास गाउँपालिका – ६ ठूलीसैनीका अन्दाजी ४५ बर्षीय पदम धामीको सर्पले टोकेर भारतको दिल्लीमा मृत्यु भएको हो ।

रोजगारीको सिलसिलामा भारतमा रहेका धामीलाई शुक्रबार राति सुतिरहेकै अवस्थामा सर्पले टोकेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा शनिबार बिहान मुत्यु भएको उनका आफन्तले बताएका छन ।

सिगास –६ स्थित निलपाल आधारभूत विद्यालयका पूर्व शिक्षक समेत रहेका धामी गएको ४÷५ बर्ष यतादेखि भारतको दिल्लीमा काम गर्दै आएका थिए ।

मृतक धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन्। रोजगारीको शिलशिलामा परिवारको सपना बोकेका पदम सिह धामी समग्र गाउँ सहित परिवार शोकमा डुवेको छ।


Last Updated on: August 27th, 2023 at 11:50 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया