sandeep jilla

सन्दीपविरुद्धको मुद्दाको अर्को पेसी २१ गते, भोलि पाकिस्तान जाँदै

समाचार

काठमाडौं– नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ।

आइतबार अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पाँचौं नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो।

सुनुवाइ स्थगित भएसँगै एसिया कपका लागि उनको पाकिस्तान यात्रा तय भएको छ। उनी भोलि (सोमबार) नै पाकिस्तान जाने बताइएको छ।

उनको अर्को पेसी भदौ २१ गते तोकिएको छ। १३ गतेदेखि हुने एसिया कपमा लामिछाने नेपाली टोलीमा छन्। नेपाली टोली यसअघि नै पाकिस्तान गइसकेको भए पनि सन्दीप मुद्दाका कारण यतै रोकिएका थिए।

सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले सन्दीपविरुद्धको मुद्दाको पेसी २१ गते तोकिएको जानकारी दिए। यससँगै सन्दीपले पाकिस्तान जाने तयारी गरिरहेको उनले बताए।

नेपालको पहिलो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा पाकिस्तानसँग पहिलो खेल रहेको छ। यस्तै दोस्रो खेल भने भारतविरुद्ध १८ गते रहेको छ। अर्को पेसीअघि उनले यी दुवै खेल खेल्न पाउनेछन्।

यदि नेपाल समूह चरण पार गर्दै शीर्ष चारमा उक्लिएको खण्डमा भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *