IMG 9025

BREAKING: सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला २६ द्वारा आत्महत्याको प्रयास

समाचार

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला २६ अस्पताल भर्ना भएकी छन् ।

औषधिको ओभरडोज सेवन गरेपछि आज उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।

अहिले उनी खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो ।

गौशाला २६ ले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिर पोस्ट गर्दै ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी छिन् ।

सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी तोकिएको छ ।

पेशीको अघिल्लो दिन गौशाला २६ अस्पताल भर्ना भएकी हुन् । आज बिहान उनले आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको सामाजिक सञ्जालमा बताएकी थिइन् ।

आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको समेत उनले लेखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *