आइतबार ०९ बैशाख २०८१

death1692434125

पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ। शनिबार एसपी थपलियाको निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

उनको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। उनी शनिबार बिहान ११:०५मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए। कार्यालयमा पुगेका थपलिया १५ मिनेट बेहोस भएका थिए। त्यसपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।


Last Updated on: August 20th, 2023 at 3:59 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया