Elephant Death at Kanchanpur

कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर हात्तीको मृत्यु

समाचार

३२ साउन, धनगढी । कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्ट्यान्कीमा परेको अवस्थामा हात्ती मृत भेटिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिए । मेहताले मृत भेटिएको हात्तीलाई सेप्टिक ट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताए ।
Elephant Death at Kanchanpur 2 1024x462 1

Elephant Death at Kanchanpur 3

Elephant Death at Kanchanpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *