pakrau 3 1

९० वर्षीय बुवाको हत्या गर्ने छोरा पक्राउ

समाचार

बारा । बाराको जितपुरसिमरा उप–महानगरपालिकामा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरालाई आज प्रहरीले प्रक्राउ गरेको छ ।
जितपुरसिमरा उप महानगरपालिका टाङ्गियाबस्ती–१६ बस्ने ९० वर्षीय बुवा माइतसिङ् घलानलाई हत्या गर्ने आफ्नै ६० वर्षीय छोरा दिल बहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

363546664 1570373160162148 8778940687815463349 n

घरायासी विवादको कारणले छोराले आफ्नै बुवाको हत्या भएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैया पठाईको र हत्या गर्ने छोरालाई हाल ईलाका प्रहरी कार्यलय निजगढमा थप अनुसन्धानको लागी राखिएको छ ।

६० वर्षीय घलान मादक पदार्थ सेवन गरेको र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *