365840539 727586835841394 8478547020027374607 n1691732868 1

सिन्धुपाल्चोकमा गुडिरहेको बस पसलमा ठोक्कियो, ९ जना घाइते

समाचार

सिन्धुपाल्चोकको खाडीचौरमा गुडिरहेको एउटा यात्रुवाहक बस पसलमा ठोक्किएको छ।

दोलखाबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा ४ ख १९३३ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई पसलमा ठोक्किन पुगेको लामोसाँघु प्रहरी चौकीका इन्चार्ज असई अनिश केसीले जानकारी दिए। बस ठोक्किँदा दुई वटा पसलमा क्षति पुगेको उनले बताए।

शुक्रबार बिहान ११ बजेतिर भएको दुर्घटनाबाट ९ यात्रु घाइते भएका छन्। घाइते हुनेमा एक जना बालक पनि छन्।

उनीहरूको सदाबहार अस्पताल र खाडीचौरकै मेडिकलमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान पनि भइरहेको असई केसीले बताए।

365277608 110714838787800 516954509371151359 n

364805678 6424189117697861 8774055354926057011 n

Leave a Reply

Your email address will not be published. Required fields are marked *