aakha pakne 1 1

झन् झन् फैलिँदै आँखा पाक्ने रोग, यसरी जोगिन सकिन्छ

समाचार

काठमाडौँ । पछिल्लो समय देशभर आँखा पाक्ने संक्रमण फैलिइरहेको छ । आँखा रातो हुने रोग कन्जंग्टि वाइटिस हो । यो छिटो फैलने गर्छ । यसबाट आँखामा गम्भीर असर नपर्ने भए पनि लापरवाही ग¥यो भने आँखाको ज्योति गुम्न सक्छ । तर, त्रासित भइहाल्नु नपर्ने चिकित्सकहरु बताउँछन् ।

आँखा रातो हुने रोग कन्जंग्टिवाइटिस विशेष गरी पानी पर्ने मौसम र पानी पर्ने समय सकिन लाग्दा देखा पर्ने रोग हो । यो रोग एकबाट अर्को व्यतिmमा छिटो फैलन गर्दछ । साथै यो समस्या २ हप्ता सम्म पनि रहने गर्दछ । तर आँखा रातो हुने रोगले सामान्य सावधानी अपनायो भने पनि आँखामा जटिलता ल्याउँदैन । त्यसैले हतास नमानी सामान्य हेरचाह गरे मात्रै पनि समस्या समाधान हुने वरिष्ठ नेत्र रोग विशेष डाक्टर सन्दुक रुइत बताउँछन् ।

संक्रमण हुँदा आँखा गोलभेडा जस्तो रातो हुने, आशु आउने, चिप्रा आउने, परेला सुन्निने, आँखामा वालुवा पसे जस्तो विझाउने तथा कसै कसैलाई ज्वरो समेत आउन सक्दछ । यसको सक्रमण निको भए पछि प्रायः आँखामा नराम्रो असर नरहने भए पनि कसैकसैको आँखाको नानीमा केहि मात्रामा असर रहि दृष्टिमा धमिलो पना रहने र पछि आफै निको हुन नेत्र रोग विशेषको भनाई छ । यदि यस्ता समस्या देखिएमा सक्रमित व्यक्ति भिडभाडमा नजाने, स्कूले विद्यार्थी भए केहि दिन स्कुल वा कलेज नजाने, चिकित्सकको सल्लाह वमोजिम औषधि हाल्ने, कालो चस्मा लगाउने जस्ता काम गर्न भने आवश्यक छ । साथै संक्रमितको आँखामा औषधि हालिदिने सहयोगीले औषधी हाल्दिए पछि राम्रोसंग सावुन पानीले हात धुन नेत्र रोग विशेषज्ञको आग्रह छ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको स्थितीमा यसले चाडो सक्रमण पार्न सक्ने विज्ञको भनाई छ । संक्रमणबाट मुक्त हुन र संक्रमित हुनै नदिन विरामीले आँखा नछुने, छोएपश्चात राम्रोसंग हात धुने, चिकित्सकको निगरानीमा मात्र औषधीहरु प्रयोग गर्ने र अरुलाई यो रोग सर्न नदिन रोगी स्वयम सजग हुने तथा संभव भए सम्म विरामीलाई छुट्टै राख्ने र विरामीले प्रयोग गर्ने तैलिया, साबुन जस्ता वस्तु स्वस्थ्य व्यतिmले प्रयोग नगर्न समेत नेत्ररोग विज्ञको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *