bhusal1691131512 1

पाँच दिन बित्दा पनि फेला परेनन् अस्तु सेलाउन देवघाट गएका युवा

समाचार

अस्तु सेलाउन देवघाट पुगेका एक जना युवा नारायणी नदीमा बगेर बेपत्ता भएको पाँच दिन पुग्दा पनि भेटिएका छैनन्। दाङ तुलसीपुर उपमहानगरपालिका – १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल शुक्रबार बिहान नारायणी नदीले बगाएपछि बेपत्ता छन्।

कौवापुरकै मामाका छोरा ३२ वर्षकै रेमन्त बस्नेतको सवारी दुर्घटनामा मृत्यु भए पनि उनको मोक्ष प्राप्तिका लागि देवघाटमा अस्तु सेलाउन भनेर लोकेन्द्र साउन १८ गते बेलुका तुलसीपुरबाट एक्लै देवघाट गएका थिए।

लोकेन्द्र पछाडि फर्किएर अस्तु सेलाउँदै गर्दा नारायणी नदीमा बगेर बेपत्ता भएको एक जना प्रत्यक्षदर्शीले बताएका थिए । नदीको डिलमा मोबाइल, पर्स, नगद र लत्ताकपडा लगायतका सामग्री राखेर लोकेन्द्र अस्तु सेलाउन दुई नदी मिसिने दोभानमा पुगेका थिए।

लोकेन्द्र रेवन्तको अस्तु सेलाउन भनेर घरबाट एक्लै त्यहाँ पुगे पनि दाङकै अन्य व्यक्तिहरू साउन १८ गते देवघाटमा थिए। उनीहरूले पनि लोकेन्द्र बगेको प्रत्यक्ष देखे पनि नारायणी उर्लिएका कारण कसैको केही जोड नचलेको बताएका थिए।

बेपत्ता लोकेन्द्रको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली आर्मीका साथै गोताखोरहरू समेतले पाँच दिनसम्म खोजी गर्दा पनि फेला पार्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *