deepak thakuri1691466216

गत सिजनको लिगमा १२ गोल गरेका दीपक राज सिंह ठकुरी पनि गए अस्ट्रेलिया

समाचार

नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका खेलाडी अस्ट्रेलिया जाने अझै रोकिएको छैन। आफ्नो सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया जाने खेलाडीको सूचीमा फरवार्ड दीपक राज सिंह ठकुरी पनि थपिएका छन्।

गत सिजनको ए डिभिजन लिगमा चर्चा आएका ठकुरी सोमबार अस्ट्रेलिया गएका हुन्। सातदोबाटो युथ क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेसँगै उनी राष्ट्रिय टोलीमा परेका थिए।

उनले गत सिजनको लिगमा १२ गोल गरेका थिए। उनी नेपाली खेलाडी मध्ये सर्वाधिक गोल खेलाडी थिए।

लिगमा गरेको उत्कृष्ट प्रदर्शन गरेपछि उनले गत वर्ष भएको थ्री नेसन्स कपमा लाओसविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। सोहि कपमा उनले भुटानविरुद्ध गोल गर्दै नेपालको सम्भावित हार टारेका थिए।

यद्यपी उनी नेपालको विश्वकप छनोटको प्रारम्भिक टिममा भने थिएनन्। पछिल्लो केही वर्षमा नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ। दुई वर्षमा दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *