nn 1 1

लोग्ने-स्वास्नीको झगडाले २ महिने बालकको ज्यान गयो, हत्या आरोपमा दुवैजना पक्राउ

समाचार

बागलुङ । दुई महिने बालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन । जिल्लाको पश्चिम निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना विकलाई २ महिनाको नाबालक हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

साउन १८ गते बिहीबार राति विक दम्पतीबीच आपसी विवाद हुँदा बालकलाई तानातान गर्ने क्रममा भुइँमा खसी बजारिएर बालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रहरीले घटना घटेको तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीले विक दम्पतीलाई जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *