prachanda 21691311504 1

माओवादी बैठकमा प्रचण्डले भने- हेर्नुस् त, लाजै नमानी हामीलाई १७ हजारे भन्छन्

समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धीलाई रक्षा गर्न नेता तथा कार्यकर्ताहरूको आत्मविश्वास हराउँदै गएको बताएका छन्।

काठमाडौंको कमलादीमा आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको सवालमाथि जवाफ दिँदै अध्यक्ष प्रचण्डले पार्टी पार्टीजस्तो नभएको बताए।

उनले प्रतिक्रान्तितिरै फर्किने खतरा भएको पनि बताए।

अहिले पनि पार्टीमा शान्ति प्रक्रिमा आउनु सही हो कि गलत हो भनेर बहस भइरहेको र त्यो बहस निकै लामो समयसम्म चल्ने उनको भनाइ छ।

अहिले पनि माओवादीलाई विभिन्न बाहनामा होच्याउने काम भइरहेको उनले बताए।

‘तपाईंहरुले पनि कुरा राख्नुभयो, सोसियल मिडियामा भनिने हत्याराका कुरा मानौं ब्रह्मज्ञान उनीहरूलाई छ, सत्यको पक्षमा उनीहरु मात्रै छन्। हामी सबै अपराधी हौं जस्तो गरी बोल्छन्, यसको पछाडी कुन वर्ग छ त्यो पहिचान गर्नुपर्छ,’ प्रचण्डले भने, ‘हेर्नुस् त, एकथरी मान्छेहरूले लाजै नमानी १७ हजारे आतकंकारीको कुरा गरिरहेका छन्।’

उनले कसरी गणतन्त्र आएको हो भन्ने तथ्यलाई ती मान्छेहरूले ढाकछोप गरिहेको बताउँदै यस्तो बेला अन्यौलपूर्ण अवस्थामा नबस्न कार्यकर्तालाई निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *