BALIKA

बोर्डिङ स्कुलकाे शाैचालयकाे पर्खाल भत्किएर बालिकाकाे मृत्यु

समाचार

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाकाे तिल्कानामा रहेकाे एक निजी विद्यालयमा भएकाे शौचालयको पर्खाल भत्किँदा पर्खालले च्यापिएर घाइते भएकी बालिकाको मृत्यु भएको छ।

बढैयाताल-७ तिल्कानामा रहेको रिभर क्विन्स बोर्डिङ स्कुलकाे शौचालयको पर्खाल भत्किँदा घाइते भएकी ९ वर्षीया बालिका मेरिना थारूको मृत्यु भएको हो।

बढैयातालको फूलपुर निवासी उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। बुधबार दिउँसो शाैचालय जाँदा शाैचालयभित्र रहेकाे पर्खाल भत्किएपछि बालिकाको पेट तथा चिउँडोमा चोट लागेको थियो।

घाईते भएकी बालिकालाई माेटरसाईकलमा राखेर विद्यालयकै शिक्षकले २५ किलाेमिटर पर बाँकेको नेपालगञ्जमा रहेकाे भेरी अस्पताल लगेका थिए । त्यहाँ उपचार भइरहेकै बेला बालिकाकाे मृत्यु भएकाे बालिकाका ठुलाेबुवा वीर बहादुर चाैधरीले बताए ।

बालिकालाई घाईते भएकै अवस्थामा उपचारका लागि लग्दा समेत स्कुल प्रशासनले लापरवाही गरेका कारण बालिकाकाे ज्यान गएकाे उनले बताए ।

‘भौतिक पूर्वाधार अपर्याप्तता रहेको स्कूलहरूलाई अनुगमनका क्रममा भौतिक पूर्वाधार लगायतका कुराहरू सुधार्न पालिकाले पटक पटक सुझाव दिँदै आएका थियाे,’ उनले भने, ‘घटनाले साह्रै दुःखी बनाएको छ।’ अब विद्यालयहरूलाई कडाइका साथ नियमन गर्नुपर्ने उनले बताए ।

स्कूलले घटना गुपचुप राख्ने प्रयास गरेकाे भन्दै उनले थपे, ‘छरछिमेकीबाट अभिभावकले घटना थाहा पाएका थियौं । बालिकाको आन्द्रा तथा हिपको मांसपेसीहरु फुटेको थियो। तर पनि विद्यालयले समयमा खबर गरेन ।’

बालिकाकाे उपचारकै क्रममा निधन भएकाे अस्पताल प्रशासनले जनाएकाे छ । विद्यालयले बालिकाकाे परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने बालिकाका परिवारजनकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *