365049765 5769237886509958 5141707706412329064 n

युरोपियन लिग खेल्ने पहिलो नेपाली ‘साबित्रा भण्डारी’को इजरायलमा भब्य स्वागत (फोटो/भिडियो)

समाचार

नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर तथा गोल मेसिन साबित्रा भण्डारी उर्फ साम्बा व्यवसाहिक फुटबल खेल्न मङ्गलबार अगस्ट १ तारिख इजरायल आइपुगेकी छिन् ।साबित्राले इजरायलको हापोएल रानानासँग सम्झौता गरिसकेकी छिन् । हापोएल रानाना क्लवबाट युरोपमा शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न ईजरायल आइपुगेकी हुन् ।

365049765 5769237886509958 5141707706412329064 n

362977349 2019173915090997 2326887135207171041 n 1153x1536 1

ईजरायल मध्यपूर्वमा अवस्थित एसियाली राष्ट्र भए पनि यहॅाका क्लबहरुले युरोपको युईएफएमा आबद्ध भएर युरोपियन क्लब फुटबल खेल्दै आएका छन्। इजरायलमा आफ्नो खेल शुरु गरेपछि गोल मिसन भण्डारी युरोपियन लिग खेल्ने नेपालकै पहिलो खेलाडी हुने छिन् ।
365215294 5769235709843509 8587291365226729011 n 1148x1536 1

इजरायलको स्थानीय समय अनुसार मङ्गलबार १० बजे इजरायलको बेनगुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी भण्डारी उर्फ साम्बालाई स्वागत गर्न नेपाली दूतावास इजरायलका द्वतीय सचिब अर्जुन घिमिरे , नेपालका लागि इजरायली राजदुत हानन गोडेर, गैर आवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीसहितको टिम, ईजरायली फुटवल क्लव – हापोएल रानानाकी म्यानेजर डोरिथी लगायत ईजरायलवासी नेपाली समुदायसहितको टोली विमानस्थल पुगेको थियो ।
365110546 5769235186510228 4360567356124308154 n 1148x1536 1

गोल मेसिन साबित्रा भण्डारी उर्फ साम्बालाई बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले एक कार्यक्रमका बीच बिदाई गरेका हुन् ।

364002288 5769235493176864 7914490038183156314 n 1148x1536 1

बिदाई कार्यक्रममा खेलकुदमन्त्री सहित राखेप सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, नेपालका लागि इजरायली राजदुत हनन् गोदारको उपस्थिति रहेको थियो ।

365071562 5769236686510078 7187603153449109831 n 1148x1536 1

फोटो साभार -कादम्बरी दाना श्रेष्ठको फेसबुकबाट भिडियो साभार अर्जुन घिमिरेको टिकटक

Leave a Reply

Your email address will not be published. Required fields are marked *