आइतबार ०९ बैशाख २०८१

snkera

काठमाडौं । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ(जेरी)ले पूर्वपतिको जन्मदिनमा जोडी तस्बिर शेयर गर्दै शुभकामना दिएकी छन् । श्रीमान् शंकर क्षेत्री र छोरीसहितको पारिवारिक तस्बिर पोष्ट गर्दै उनले शुभकामना दिएकी हुन् । जेरीले आफूले माया दिन नसकेपनि छिट्टै अक्रो माया गर्ने व्यक्ति जिन्दगीमा आउन भन्दै पूर्वपति शंकरलाई शुभकामना दिएकी छन् ।

उनले लेखेकी छन्, ‘मैले दिन नसकेको माया, साथ र खुशी दिने मान्छेको छिट्टै प्राप्ती होस् । जन्मदिनको असिम शुभकामना छोरीको बाउ ।’ करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका जेरी र शंकरको एक छोरी छिन् । नेपाली सांगीतिक क्षेत्रमा बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको जोडीलाई उदाहरण्ीय जोडीको रुपमा हेरिन्थ्यो ।

जेरी र शंकरले २०७६ साल माघ १ गते विवाह गरेका थिए । विवाह गरेको ३ वर्षै नपुग्दैै २०७९ कात्तिक २४ गते यी दुईले काठमाडौं जिल्ला अदालत पुगी औपचारिक रुपमा आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याएका थिए ।


Last Updated on: August 4th, 2023 at 3:02 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया