आइतबार ०९ बैशाख २०८१

labdur

विराटनगर । लालबहादुर बिकलाई आज अदालतले सफाई दिएको छ । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुर बिकलाई न्याय दिएको हो ।

उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको फैसलालाई उल्टाएको हो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दाेष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको मुद्दाको फैसला आज मंगलबार भएको हो ।

मंगलबार लालबहादुरको पक्षमा सांसद सोविता गौतमले पनि बहस गरेकी थिइन् । साथै, उनको न्यायको लागी सधै समाचार लेख्ने र विभिन्न सामाजिक व्यक्तिहरुलाई खबरदारी गरि बिकलाई न्याय दिलाउन दिनरात नभनी खटिने व्यक्ति पत्रकार सविन सिमोन घिमिरे हुन् । यो मुद्दा आज लालबहादुर पछि सविनले पनि जितेका छन् । यो देशमा आज लालबहादुर र उनको परिवार पछि दोश्रो व्यक्ति सविन नै होलान् यो मुद्दा जित्दा खुसी हुने ।


Last Updated on: August 2nd, 2023 at 2:03 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया