आइतबार ०९ बैशाख २०८१

Basundhara and Chaityadevi Maitighar Dharna 1

विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको धर्नामा अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी लगाएत सहभागी हुनुभएको छ । सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उहाँहरु धर्नामा सहभागी हुनुभएको हो ।

सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउदा आफुहरु निकै समस्यामा परेको भन्दै उनीहरुले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन् । भुसालले सहकारीबाट दुख पाएको तीन बर्ष भएको भन्दै सहकारी सञ्चालकहरुको सम्पती बिक्रि गरेर पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो ।

उहाले आफु लगाएत परिवार १४ जनाको दुई करोड ६० लाख तथा भुवन चैत्य बसुन्धरा फाउण्डेसनकातर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गर्नुभयो । उहाले हजारौ सहकारीको बदमासीलाई सरकारले कारवाही गर्नुपर्ने बताउनुभयो ।


Last Updated on: August 1st, 2023 at 12:41 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया