arrest1690812807

पाँच वर्षे बालिकालाई बलात्कारपछि हत्या गरी फरार अभियुक्त २० वर्षपछि पक्राउ

समाचार

पाँच वर्षे बालिकालाई जबरजस्ती करणी गरी कर्तव्य गरेर फरार भएका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन्।

२०६० सालको असोज १८ गते हेटौंडा–११ सिमलटार बस्ने पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी पश्चात मारेर राप्ती नदीमा फालेको अभियोग लागेका सोमबहादुर राई शनिबार पक्राउ परेका हुन्।

मृत बालिकाको शव २०६० सालको असोज १९ गते हेटौंडा–१० स्थित राप्ती नदीको पानीभित्र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको थियो।

मकवानपुरको हेटौंडा–११ सिमलटार बस्ने चन्द्रबहादुर राईका छोरा सोमबहादुरलाई मकवानपुर जिल्ला प्रहरीसँगको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ललितपुरको गोदावरी–१४ बाट नियन्त्रणमा लिएको हो।

घटना हुँदा २५ वर्ष उमेरका अभियुक्त राईलाई ४५ वर्षको उमेर हुँदा पक्राउ गरिएको हो।

उनको जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *