आइतबार ०९ बैशाख २०८१

358328336 3466470546942385 2474681723033149978 n

गोकुलेश्वर । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरूप्रसाद निरौलालाई कार्यालय प्रवेशमा निषेध गरिएको छ ।

नगरपालिकाले उपलब्ध गराएको निवासमा नै उनले एक महिलासँग अनैतिक क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपनि स्थानीय जनप्रतिनिधिहरूले नै उनलाई कार्यालय प्रवेशमा निषेध गरेका हुन् ।

गत शनिबार सरकारी निवासमा एक महिलासँगको आपत्तिजनक भिडिओ टिकटकमार्फत सार्वजनिक भएको थियो ।भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण मेटाउनका लागि आइतबार बिहानै कोठाको रंगसमेत परिवर्तन गरेका थिए ।


Last Updated on: July 31st, 2023 at 11:16 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया